ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई नौ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।
विजयी महर्जनले १९ हजार ८३४ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका शाक्यले १० हजार ४४० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५३९ मत प्राप्त गर्नुभयो । निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।