हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । प्रहरी चौकीको शुक्रबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन् गर्नुभएको हो ।

स्थानीय स्तरमा नागरिकलाई सुरक्षा दिने उदेस्यले अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो । गढी–५ स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो भवन प्रहरीचौकी राख्नका लागि उपलब्ध गराएको छ । प्रहरीचौकीको उद्घाटन् गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गाउँमा बिक्रीती विसंगतीको अन्त्य एवम् आपराधिक कृयाकलाप नियन्त्रणमा प्रहरीचौकीले भुमिका खेल्ने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोर, मकवानपुरगढी–६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।