This aerial photo provided by Jiji Press shows damage in the city of Suzu, Ishikawa prefecture on January 2, 2024, a day after a major 7.5 magnitude earthquake struck the Noto region in Ishikawa prefecture. Japanese rescuers battled against the clock and powerful aftershocks on January 2 to find survivors of a major earthquake that struck on New Year's Day, killing at least 30 people and causing widespread destruction. (Photo by JIJI PRESS / AFP) / Japan OUT

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलन गरेर खोज र उद्धारको काम चलिरहेको जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसहित मन्त्रीहरू निलो रङ्गको पोसाकमा उपस्थित भएका थिए । जसको अर्थ सरकार सङ्कटसँग जुधिरहेको छ भन्ने हुन्छ । हिजो साेमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पपछि सुनामीसमेत आएको छ । तर यति शक्तिशाली भूकम्पमा पनि जापानमा तुलनात्मक रूपमा कम क्षति भएको छ । जसकाे कारण जापानले सन् १९८१ मा लागू गरेको भवन निर्माण संहिता हो । हिजोको भूकम्पमा केही साना घरहरू भत्किए पनि ठूलो घर एउटा मात्रै भत्किएको र त्यो पनि सन् १९७१ मा बनेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।