मकवानपुर । मकवानपुरको हेटौंडा–२, स्थित सिदार्थ माविको मतगणना स्थलभित्रबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडि निकालिएको छ । मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले चर्को बिरोध गरेपछि बानीयाको गाडी निकालिएको हो ।

No description available.

सुरक्षा निकायले दलका प्रतिनिधिलगायतलाई मोबाइलसमेत लैजान नदिएर दिनभरी कडाइ गरेको तर, नेतालाई पहुँचको आधारमा प्रवेश गराएको भन्दै चर्को बिरोध गरेका थिए । मोबाइल लैजान नदिने प्रशासनले उम्मेदवारको गाडि नै भित्र लैजान दिएको भन्दै मतगणना स्थलको गेटमा चर्को नारावाजी भएको थियो । मत परिणाम सुन्न गेट बाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरूद्व नारावाजी गरेपछि बानीयाको गाडी बाहिर निकालिएको हो ।

No description available.

सोमवार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड क्रुजर गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरेका हुन् ।