मकवानपुर – मकवानपुरमा विहान ११ बजेदेखि मतगणना हुने भएको छ । केहिबेर अघि सम्पन्न सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । हेटौंडा–२, स्थित मतगणना स्थल शिद्धार्थ माध्यमिक बिद्यालयका ८ वटा कोठामा एकैपटक मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । मतगणनामा तारजाली र सिसिक्यामेरा जडान गरेर मतगणनाका लागि तयारी गरिएको छ ।
जिल्लामा दुइ वटा प्रतिनिधि सभा र चार प्रदेशसभा मध्ये क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेका थियो । भने, क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेको थियो । एक लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरि कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेकोमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय महिला र अन्य ५ जना गरि कुल एकलाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् । निर्वाचनमा कुल ५९ प्रतिशतले मतदान गरेका छन् ।
मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।