काठमाण्डाै – निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै आयोगले नामावली सङ्कलन कार्य बन्द भएकाे जनाएकाे छ ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताउनुभयो । मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।