हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्दै जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए ।
लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दुईवटा मात्रै सरकार हुनुपर्ने बताए । नेपालमा प्रदेश संरचना खारेज गरे मात्रै पनि देशलाई श्रीलंका हुनबाट जोगाउन सक्ने उनको भनाई थियो । ‘अहिले खर्च गरेर चुनाव जित्ने र सांसद किनेर प्रधानमन्त्री हुने,सांसदले मन्त्री हुनको लागि पार्टीलाई पैसा बुझाएर मन्त्री हुने र भ्रष्टचार गर्ने,आफै ऐन बनाउने आफै अख्तियारमा नियुक्त गर्ने अनि भ्रष्टचारीलाई कसले कारवाही गर्ने ?’ लिङदेनले भने ।
उनले नेपालका भ्रष्टाचारको अन्त्य गर्नको लागि निर्वाचन प्रणाली परिवर्तन गनुृपर्ने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे । उनले नेपालको लागि भन्दा पनि विदेशीको कम्फरटेवलको लागि सरकार बनाउने पार्टीलाई भोट दिइरहेको भन्दै आसन्न निर्वाचनमा मत बदल्न आग्रह गरे । उनले भने‘मैले अनुभव गरेको छु,तपाईहरुको मन बद्लिसकेको छ । अब यीनीहरुले गदैनन् भन्ने तपाईहरुले थाहा पाइसक्नु भएको छ । अब त्यसलाई मतमा परिवर्तन गर्नुपर्छ। उहिलेदेखी भोट हालको पार्टी भनेर फेरि भोट हाल्नुभयो भने दुख पाउनुपर्छ। ’ उनले भोट दिनु भनेको छोरी दिनुभ्नदा पनि ठुलो कुरा भएकोले सोचेर भोट दिन आग्रह गरे। थाहाखवरबाट ।
Home निर्वाचन विशेष हामीले जिते प्रदेश खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँछौँ : लिङ्देन