नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा जुट्न आह्वान गर्नुभएकाे छ । नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एमालेबाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि एकताबद्ध भएर जुट्न आग्रह गर्नुभयो ।
एमालेले सत्ताको नेतृत्व गरे अबको दश वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रालाई गन्तव्यमा पुर्याएर विश्वकै विशिष्ट राष्ट्रको श्रेणीमा पुर्याइने उहाँले बताउनुभयो । उहाँले केही अवसरवादी तत्वहरूका कारण राजनीतिको दलालीकरण भइरहेकाले यसको अन्त्यका लागि नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयाे ।











