हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (क) का उम्मेद्बार कमल बिष्टले नेकपा एमाले विकास र समृद्धिको सम्बाहक भएको बताउनुभएको छ । एमाले देशको पक्षमा निरन्तर पहरेदार गर्ने पार्टी भएकोले नेकपा एमालेलाई जिताउन आग्रह गर्दै नेकपा एमालेको विकल्प नभएको बताउनुभयो ।
शनिबार बकैयामा भएको चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै जनताको धेरै बिश्वास पाउने बताउँदै एमालेको जितलाई कसैले रोक्न नसक्ने समेत बताउनुभएको छ । एमालेको सरकारले निरन्तर अडान लिएका कारण लोकतन्त्र र गणतन्त्रका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बिष्टको भनाई थियो । स्वाधिनता, समृद्धि र बिकास चाहने हो भने नेकपा एमालेले चुनावमा बिजयी बनाउन आग्रह गर्नुभयो । साथै उहाँले परमादेश सरकारले एमाले विरुद्ध सबै जाल झेल र षड्यन्त्र गरेको बताउदै नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मत हाली विजयी बनाएमा विकास समृद्धिका बाँकि काम एमालेले पुरा गर्ने विकासले फड्को मार्ने बताउनुभयो ।
अहिले राष्ट्रियता जोगाउने र नजोगाउनेका बिच युद्ध र आन्दोलन मंसिर ४ गते हुने भन्दै राष्ट्रियता जोगाउनेलाई बिजयी बनाउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोख्रेल, देबराज रीमाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, नारायण सापकोटा, जिल्ला उपसचिव हिदम लामा, जिल्ला सचिवालय सदस्य मदन दाहाल, दिपक खड्का धरम लामा, कृष्ण चौलागाईं, नरहरी महतलगायत सहभागी हुनुहुन्थ्यो ।










