फाइल फाेटाे

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् मकवानपुर २ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई दुव्र्यवहार गर्ने पुरुषोत्तम खड्का छुटेका छन् । खतिवडाले आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाडिदिन आग्रह गरेपछि मकवानपुर प्रहरीले आज छाडेकाे हाे ।
पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा गएका बेला खड्काले दुव्र्यवहार गरेका थिए । आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदवार खतिवडाले आजै मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।