मकवानपुर – कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज हेटौंडाको राप्तीतट स्थित छठ घाटमा भक्तजनहरूको भिड लागेको छ । विशेष गरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व पछिल्लो समय पाहाडी क्षेत्रमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।
छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमबार (भोली) बिहान उदाउँदो सूर्यको दर्शन गर्ने गरिन्छ । छट पर्वमा नदी वा पोखरीको छेउमा रातभर जाग्राम बसेर छठी माताको उपासना गरिन्छ । सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । हेटौंडाको राप्ती तटलाई बेहुली झैँ सिँगारिएको छ ।



Exif_JPEG_420 
Exif_JPEG_420 
Exif_JPEG_420 
Exif_JPEG_420 
Exif_JPEG_420 















