टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।
अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।