हेटौंडा– कोरोना भाईरस (कोभिड १९) का कारण श्रमिक तथा श्रम क्षेत्रमा पर्न गएको असर र विद्यमान समस्याका सन्र्दभमा हेटौंडामा आज अन्तरकृया भएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्व समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपक्षिय अन्तरकृया कार्यक्रम भएको हो ।
कार्यक्रममा लकडाउन अबधिमा श्रमिकको पारिश्रमिक भुक्तानी र त्यसको समाधान सम्बन्धि सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधि बिच अन्तरक्रिया गरिएको हो । संयुक्त टे«ड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समतिका संयोजक एवम नेपाल ट्रेड युनियन कांग्रेसका बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्यालले सहजिकरण गर्नुभएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, सन्तराम प्रजा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेलगायत उद्योग संघ मकवानपुर र श्रम कार्यलय हेटौंडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जेटियुसिसि वाग्मती प्रदेश समन्वय समितिका संयोजक घनश्यामा चापागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संयोजक चापागाईले प्रस्तुत गर्नुभएको कार्यपत्र माथी अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर उपाध्यक्ष रामशरण घिमिरे, नेपाल ट्रेड युनियन कंग्रेश वाग्मती प्रदेश उपाध्यक्ष कुमार पौडेल लगाएतले टिप्पणी गर्नुभएको थियो ।