राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ । प्रदेश प्रमुख मिश्र कात्तिक ९ देखि ११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जाने कार्यक्रम रहेका कारण उहाँको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम शर्मालाई कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।आचार्यले आइतबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै यसबारे जानकारी दिनुभएको हो ।