मकवानपुर – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरु मकवानपुरका उम्मेदवार बिरुद्ध उजुरी परेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये कुनै पनि उम्मेदवार बिरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चुनावी तालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुबिरुद्ध सोमबार उजुरी दिन सकिने भए पनि कुनै उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि उमेदवारविरुद्ध उजुरी नपरेको हो ।
मकवानपुरमा आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ को (क) मा १० जना र (ख) मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुर क्षेत्र नम्बर २ को (क) मा ८ जना र (ख) मा १० जनाले उम्मेदवार दर्ता गराएका छन् । आयोगले उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बुधबार २६ गते तोकेको छ । यस्तै २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
निर्वाचनमा महिलाको उपस्थितीे न्युन
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा प्रत्यक्षतर्फ महिलाको उपस्थिती भने न्युन रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभामा मकवानपुरबाट एक जानमात्रै महिलाको उम्मेदवारी रहेको छ । प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट नेपाली काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको हो । उनी सत्ताधारी गठबन्धनको साझा उम्मेदवार हुन् । यसैगरी प्रदेश सभातर्फ भने ६ जना महिलाको उम्मेदवारी परेको छ । जसमा कुमारी मोक्तान १ जनामात्रै राजनीतिक दलबाट उम्मेवार बनेकी हुन् भने अन्य ५ जना स्वतन्त्र उम्मेदवार हुन् ।
मकवानपुरको प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा लक्ष्मी गुरुङ, निर्मला गौतमले नेपाली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । कमला गौतम र लक्ष्मी अधिकारी लामिछानेले पनि प्रदेश सभा २ को (ख) तर्फ स्वतन्त्रण उम्मेदवारी दिएका हुन् ।
यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) बाट चुनावी मैदानमा आउने गरी शान्ति दाहालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मकवानपुर जिल्लामा प्रतिनिधि सभातर्फ क्षेत्र १ मा २ स्वतन्त्र समेत गरी १६ जनाले उम्मेदवारी दिएका छन् । भने प्रतिनिधि सभाको क्षेत्र २ मा १ स्वतन्त्र समेत गरी १० जना महिलाको उम्मेदवारी परेको छ ।
यता प्रदेश सभातर्फभने ४ क्षेत्रमा ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभा १ को (क) मा ३ जना, (ख) मा ६ जना तथा प्रदेश सभा २ को (क) मा २ जनार (ख) मा ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनमा हारजितलाई सहज बनाउनको लागि गरिएको गठबन्धनको कारण महिला उम्मेवदार कम भएको विश्लेषण गरिएपनि यस पटक गठबन्धनबाटै २ जना महिलाहरु प्रत्यक्षमा उम्मेदवार बने तर, गठबन्धनसँग प्रतिष्पर्धामा उत्रेका अन्य दलहरुले भने महिलालाई उम्मेदवार बनाएनन् । यसैगरी प्रत्यक्षतर्फ तेस्रो लिङी समुदायबाट पनि उम्मेदवारी सून्य रहेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ ।