शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो साेमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ । आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दुई सय ३५ कम्पनीकाे ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । दाेहाेराे अङ्कले शेयर बढेकाे दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्रउत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।