हेटौंडा । हेटौंडाबाट बिरगन्ज तर्फ जाँदै गरेको बस तीन नम्बर पुल नजिक दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् । मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिँदै छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।