मकवानपुर – निरन्तरको बर्षाको कारण बागमती प्रदेशको राजधानी हेटौंडा हुंदै काठमाडौ ओहोरदोहोर गर्ने छोटो मार्ग अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित घिसिनी खोल्सामा गएको पहिरोको कारण सडक अबरुद्ध बहाएको हो ।
पहिरोको कारण हेटौंडाबाट सिस्नेरी हुँदै काठमाडौं जाने छोटो मार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै बर्षाको कारण हेटौंडा उपमहानगरपालिका ५ को केही भाग डुवानमा परेको छ । दशै रमझम मनाईरहदा घरमा पानी पसेपछि समस्या भएको स्थानीयले बताएका छन् ।अविरल वर्षाका कारण मकवानपुरको अन्य क्षेत्रमा पनि जनजीवन प्रभावित भएको छ । टिका थाप्न जानेहरुलाई समस्या समेत समस्या भएको छ । बिहानै देखि ठुलो पानी परेकाले टिका लगाउन जान र फर्कनका लागि थप समस्या भएको हो । वर्षा नरोकिएका कारण मकवानपुरका ग्रामिण सडकमा बाढी तथा पहिरो र डुबानको जोखिम बढेको प्रहरीले जनाएको छ ।