file photo

मकवानपुर – हेटौंडामा बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । हेटौंडा-१५ चुरीयामाइमा गएराती बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन ।
दुर्घटनामा मृत्यु हुनेमा बसमा सवार झापाको दमक–५ बस्ने ६० बर्षीय दिल्लि बहादुर दर्जी र मोरङ जिल्ला बेलबारी–८ का कल्पना राजबंशीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता डिएसपि टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
पुर्व–पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-१५ चुरीयामाइमा काठमाण्डौ बाट दमक तर्फ जादै गरेको ना ७ ख २०३२ नम्बरको रात्री बस आफै अनियन्त्रित भई नालिमा खस्न गई दुर्घट्ना भएको हो । घाइते ३६ जना मध्ये दुइ जनालाई काठमाण्डौंको बिएण्डबी अस्पताल, तीन जनालाई चितवनको पुरानो मेडिकल कलेज, एक जनाको हेटौंडा अस्पताल र एक जनाको हेटौंडाको सन्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य २९ जनाको हेटौंडाका बिभीन्न अस्पतालमा उपचारपछी घर फर्किएको कार्कीले जानकारी दिनुभयो । बसमा ३८ जना सवार रहेका थिए । बस चालक प्रहरीको नियन्त्रणमा रहेको कार्कीले बताउनुभयो ।