मकवानपुर – मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन गरिएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर समिति गठन गरिएको जानकारी गराइएको हो ।
मकवानपुरका नदी, नाला, खोल्सा, पानीका श्रोतहरु रहेको ठाउँमा जलचर प्राणीको संरक्षण तथा सम्बद्र्धन गर्नका समिति गठन गरिएको जनाईएको छ । विनोद महतको संयोजकत्वमा गठन गरिएको समितिको सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहनुभएको छ । यस्तै सदस्यमा कपिल खड्का, गणेश कुमार खड्के, रमेश ढकाल, अशोक कुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहनुभएको छ । समितिको संरक्षकमा भीमसेन महत र सल्लाहकारमा नरहरी महत रहनुभएको छ ।
वातावरणमा नकारात्मक प्रभावको असर र मानवीय व्यवहारका कारण जलचरका प्रजाति नै नष्ट भएको जीकिर गर्दै जलचर संरक्षणका लागि राज्यका निकायलाई जिम्मेवार बन्न प्रेरित गरिने संयोजक विनोद महतले बताउनु भयो । जलचरको विकास र विस्तारका लागि खोला तथा नदीमा माच्छाका भुरा छाड्ने कार्य पनि गरिने उहाँले उल्लेख गर्नुभयो । समितिका संरक्षक भीमसेन महतले मानवीय जीवनको रक्षाका लागि जलचर संरक्षण जरुरी रहेको स्पष्ट पार्नुभयो ।