मकवानपुर–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हेटौंडा आएको मौका छोपी मकवानपुरका पश्चिमी क्षेत्रका जनप्रतिनिधिले विद्युतसँग सम्बन्धित समस्या राखेका छन् । प्रदेशसभा सदस्य ओम ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले आ–आफ्नो क्षेत्रको समस्या बारे जानकारी गराएका हुन् ।
मनहरी गाउँपालिकाको केही बस्तीमा अझै विद्युत पुग्न सकेको छैन भने राक्सिराङको धेरै स्थान अझै टुकी तथा सोलारको भरमा रहेको छ । ‘मनहरीको ४ नम्बर वडाको केही बस्ती र ६ नम्बर वडाको रुपाचुरीलगायतका स्थानमा विद्युत पुग्न सकेको छैन’, मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले भने, ‘अधिकांश स्थानमा रहेको काठको पोल परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । यस्तै विषयमा कुलमान घिसिङलाई जानकारी गराएका हौँ ।’ बर्षाको समयमा मनहरी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लामो समय विद्युत प्रशारण अबरुद्ध हुने गरेको छ । यस्तै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मकवानपुरको कर्णालीको रुपमा रहेको राक्सिराङ भौगोलिक रुपमा विकट रहेकोले विद्युतीकरणमा समस्या भएको जानकारी गराए ।
गाउँपालिकाको तर्फबाट सबै बस्तीमा विद्युत पु¥याउन पहल भैरहेपनि विद्युत प्राधिकरणको सहयोग जरुरत् रहेको बताए । ‘बर्षाको समयमा महिनौँसम्म बत्ति नबल्ने समस्या रहेको छ’, अध्यक्ष मल्लले भने, ‘सबै गाउँ बस्तीमा विजुली पु¥याउन र काठका पोल विस्थापित गर्न अनुरोध गरेका छौँ ।’ जनप्रतिनिधिले राखेको समस्या सुनिसकेपश्चात विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरमा विद्युतीकरणका लागि ५० करोड विनियोजन भएको जानकारी गराउँदै समस्या समाधानमा काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले बजेट नपुगे माग गर्न अनुरोध गर्दै गुनासो नआउने गरी काम गर्न भनेका थिए ।