dav

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन सार्वजानिक गरेको छ । आयोगले भ्रष्टचार न्यूनिकरणकोलागि सहकार्य सम्बन्धी छलफल कार्यक्रम अन्तरगत मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरि वार्षिक कामहरुको तथ्याङगत विवरण सार्वजानिक गरेको हाे ।
आयोगका प्रमुख नरहरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका उपसचिव एंव सुचना अधिकारी विष्णु सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी गराउनु भएकाे थियाे । उहाँले आव २०७८/७९ मा उजुरी दर्ता भएका १३ हजार ५६ तथा आव २०७७/७८ का फर्छ्यौट हुन बाँकी ८ हजार ९३ गरी कुल २१ हजार ५४९ उजुरी रहेको बताउनुभयाे । उजुरीमध्ये १३ हजार १०६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताउनुभयाे । आयोगको चालु आवमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएका छन्, भने उक्त मुद्दाहरूमा ४६३ जना व्यक्तिलाई प्रतिवादी बनाईएको उहाँले बताउनुभयाे । जसबाट २ अर्ब ५४ करोड ४७, लाख ६ हजार ४४ रुपैयाँ बिगो मागदाबी गरिएकाे जनाइएकाे छ । प्रतिवादीमध्ये राष्ट्रसेवक २२२ जना, निर्वाचित र मनोनित एक सय जना, मतियारहरुमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १४० जना रहेका छन् ।
आगोगमा दर्ता भएका मध्ये रसिद दुरुपयोग भएका प्रवृतिका उजुरी सबैभन्दा बढी परेको उहाँले बताउनुभयाे । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेका छन् । प्रायः सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी आएको बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु दर्ता भएको सापकोटाले बताउनुभयाे । कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि नागरिकमा सचेतना फैलाउन सञ्चारमाध्यमलाइ आग्रह गर्नुभयाे । उहाँनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारवाही गरि भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागिरहने बताउनुभयाे ।