इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २-० गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा केनले दोस्रो गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए । यस जितसँगै टोटनह्यामले ४ खेलमा १० अङ्क जोडेको छ । प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले एस्टन भिल्लालाई १–० ले हराएको छ भने उल्भ्स र न्युकासलले १–१ गोलको बराबरी खेलेका छन् ।