सत्ता गठबन्धनले पुन: विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ ।
संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित पुन: विचारका लागि फिर्ता पठाएकी थिइन् । मङ्गलवार गठबन्धन दलका शीर्ष नेताहरूबिच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नागरिकता विधेयक संसदमा जस्ताको त्यस्तै प्रस्तुत गर्ने र पारित गरेर राष्ट्रपति कार्यालय पठाउने सहमति भएको हो ।