हेटौंडा – नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य रामेश्वर रानाले सामाजिक, आर्थिक र साँस्कृतिकको रूपान्तरण गर्दै समाजवादतर्फ अगाडि बढ्नुपर्ने बताउँदै विचारमा आधारमा बनेको संगठनको बलमा गठबन्धनलाई आगामी निर्वाचनमा परास्त गरिने बताउनु भयो । नेकपा एमाले थाहा नगरको नेता र कार्यकर्ता भेटघाटमा विचार, दृष्टिकोण र मान्यता विनाको गठबन्धन र स्वतन्त्रको नाममा फैलाईएको भ्रम जनताबीचमा चिर्दै गठबन्धन सरकारको राष्ट्र विरोधी, जनविरोधी, अराजकता, मंहगी र भ्रष्टचारको जनताबीचमा भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
४५ दिने शुद्विकरण तथा सुदृढीकरण अभियानको क्रममा आयोजित कार्यक्रममा पार्टीको टोल कमिटी र जनसंगठनको वडा कमिटीसम्म न्युनतम व्यवस्थित गर्नुपर्ने, पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य विस्तार, पार्टी प्रवेशलाई व्यवस्थित बनाउनको लागि आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश कमिटीका सदस्य वलराम बलले राजनीति यात्रामा कम्युनिष्ट कार्यकर्ता अविचलित भएर लाग्दा मात्र नतिजामा पुग्न सकिने बताउँदै हाम्रो कामको केन्द्र आगामी निर्वाचन भएको बताउनु भयो । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू सुभाषचन्द्र ठकुरीले पार्टीको क्रियाकलाप तिब्र रूपमा सञ्चालन गर्नुपर्ने, पार्टी कमिटी र सदस्यबीचमा शुद्वीकरण गर्दै सुदृढीकरण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, बरिना बल, बुद्वरत्न मानन्धर, श्यामभक्त श्रेष्ठ, जिल्ला कमिटीका सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्य तथा थाहा ईन्चार्ज बिष्णुप्रसाद ढकाल, जिल्ला सदस्यहरू शशिधर सुवेदी, सुरेन्द्र प्रधान, शिवराम थापालगायतको उपस्थिति रहेको पालिका कमिटीका अध्यक्ष अच्युतम ढकालले बताउनु भयो ।