शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र प्रसाद पौडलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरले बागमती प्रदेशको राजधनी हेटौंडामा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पौडेलले यस्तो दाबी गर्नु भएको हो ।

No description available.

उहाँले माओवादीलाई बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बनाउने कार्यायोजनाहरु बनाएको बताउनुभयो । बामपन्थी अन्य पार्टीहरु छन् , उहाँहरुले पनि भन्नुहोला, हामीले चाहीँ हामी पहिलो पार्टी हुन्छौँ भनेका छौँ, आधार पनि छ, सम्भावना पनि छ,’उहाँले भन्नुभयो,‘ प्रतिस्पर्धा गरौँ, हेरौँ, हाम्रो लक्ष्य पहिलो पार्टी बन्ने छ ।’ उहाँले समाजवादी केन्द्र बन्ने बिषयमा वार्ता भएको तर, सहमति भइ नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘समाजवादी केन्द्र बनिसकेको होइन, वार्ता भएको कुरा चाहीँ हो ।’ गठबन्धनको धारलाई नयाँपन दिएर आफुहरु अगाडि बढ्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले गठबन्धनमा माओवादी केन्द्रले कति सिट पाउँछ, त्यो विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । माओवादीले बिगतमा प्राप्त गरेको मत, पार्टीको सदस्य सङख्या, उम्मेदवारले जित्न सक्ने आधार र आवश्यकताको आधारमा सिट दाबी गर्ने बताउनुभयो । मन्त्री पौडेलले मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचन तोकिएको समय र शान्तिपूर्ण हुने पनि बताउनुभयो ।
प्रेस सेन्टर नेपाल मकवानपुरका उपाध्यक्ष राज कुमार के.सी.को सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला संयोजक शर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।