मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आठौं जिल्ला सभा बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्न जिल्ला समन्वय समिति सकृय भएर काम गर्नु पर्ने बताउनुभयो । उहाँले संविधानमा नै जिल्ला समन्वय समितिको काम समन्वय र सहजिकरण गर्ने भन्ने उल्लेख भएकोले संविधान र अन्य कानुन बमोजिम संघीयतालाई संस्थागत गर्न थप सकृय भएर लाग्नु पर्ने बताउनुभयो । जिसस सक्रिय भएको खण्डमा भूमिका बढ्दै जाने भन्दै यसलाई राख्ने वा हटाउने कुरामा संविधान नै संसोधन हुनु पर्ने बताउनुभयो । “त्यति बेला पनि जिसस राख्ने कि हटाउने विषयमा ठुलै छलफल भएको थियो, तर अन्त्यमा हामीले राख्ने निर्णय ग¥यौ, अब यसलाई हटाउने वा अधिकार थप्ने विषयमा संविधान नै संसोधन गर्नुपर्छ” उहँँले भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेशको राजधानी हेटौंडा र प्रदेशलाई नै सबै कुरामा व्यवस्थित बनाउने योजनाका साथ काम अगाडी बढेको बताउनुभयो । उहाँले हेटौंडा बजार असन जस्तो सानो भएको भन्दै सडक विस्तार गर्नुपर्ने भन्दै सरकारले कुनै पनि दिन आफ्नो राइट अफ वे क्लियर गर्नसक्ने बताउनुभयो । ‘सडक विस्ताका लागि अब सरकारले धेरै दिन पर्खिदैन । केही अल्टरनेट उपाय भए गर्नुस्’ –उहाँले भन्न्ुभयो । उहाँले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्नी ट्रान्सप्लान्ट स्थापना हुने दावी गर्दै यसका लागि बजेट विनियोजन गरेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशको १३ वटै जिल्लाका अस्पतालबाट डाइलासिस सेवा सुरु हुने बताउनुभयो । उहाँले कृषि औजार र रासायनिक मलको कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग प्रदेश सरकारले छलफल गरिरहेको साथै हेटौंडामा विश्वविद्यालय स्थापनाको तयारी समेत अगाडि बढेको बताउनुभयो ।
जिससको बजेट ११ करोड ४६ लाख
कार्यक्रममा जिसस उपप्रमुख सानुकाजी लुईंटेलले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख लुईंटेलले प्रस्तुत गर्नु भएको नीति कार्यक्रममा सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रबद्र्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ । उक्त नीति कार्यक्रम कार्यान्वयनका लागि आर्थिक बर्ष २०७९÷८० को लागि संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, बागमती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट १३ लाख, विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी कुल ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो । उत्त नीति कार्यक्रम र बजेट आजको जिल्ला सभाले पारित गरेको छ ।
राक्सिराङ्ग गाउँपालिका उत्कृष्ट
मकवानपुरको १० स्थानीय तहमा राक्सिराङ्ग गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । विभिन्न विधामा गरिएको मुल्याङकनका आधारमा जिल्लामै उत्कृष्ट हुँदै बुधबार जिल्ला समन्वय समिती मकवानपुरले आठौँ सभाको अवसरमा राक्सिराङ्ग गाउँपालिकालाई प्रथम घोषणा गरिएको हो । जिल्ला समन्वय समितीको आन्तरीक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, दृत्तिय र तृत्तिय घोषणा गर्ने गरिन्छ ।
यस्तै जिल्लाको ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो हुन सफल भएको छ । आठौँ जिल्ला सभाको अवशरमा पहिलो, दोस्रो र तेस्रो हुन सफ भएका तिनवटै गाउँपालिकालाई प्रमाणपपत्र सहित खादा ओढाएर सम्मान गरेको हो । कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले गरेका विभिन्न गतिविधि समेटिएको मकवानपुर पुस्तक समेत सार्वजनीक गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका भौतिकपूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, जिल्ला सभाका सदस्यहरुलगायत विभिन्न राजनैतिक दल तथा सरकारी एवम् गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।