मन्त्रिपरिषद् आज बसेको बैठकले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते एक चरणमा निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।