मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४, स्थित हेटौँडा क्याम्पसको क्याम्पस संचालक समितीको अध्यक्षमा आनन्दराम पराजुली चयन हुनु भएको छ । शनिबार सम्पन्न चौधौँ क्याम्पस सभाले ४ बर्षे कार्यकालको लागि पराजुलीको अध्यक्षतामा क्याम्पस संचालक समिती सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा श्रीधर पोखरेल र कोषाध्यक्षमा नमुना पाण्डे चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला र कविर पन्त चयन हुनु भएको क्याम्पस प्रशासनले जनाएको छ ।