मकवानपुर- प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि शनिबार भएको उप निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । हाल सम्म मतगणना समपन्न भएका मध्ये नेकपा अधिक स्थनमा विजयी भएको छ । राति १०ः३० सम्मको मत परिणम अनुसार नेकपाले १५ स्थानमा विजय प्राप्त गरेको छ । त्यस्तै कांग्रेस र समाजबादी १/१ स्थानमा विजयी भएका छन् ।
यस उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ जना मतदाता रहेकोमा दुई लाख ९७ हजार एक सय ३७ जनाले मतदान गरेका छन । उपनिर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । भोलिसम्म धेरैजसो स्थानमा मतगणना सकिने आयोगले अनुमान गरेको छ । मुलुकका ३७ जिल्लाका दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।