हेटाैंडा – बाढी पूर्वानुमान महाशाखाले मकवानपुरसहित १८ जिल्लामा आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले मकवानपुरसहित दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने जनाएको छ ।
यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।













