नेपालमा अब अन्य पेशा जस्तै इन्जिनियर हुनका लागि स्नातकसम्मको अध्ययन गरी लाइसेन्स लिनुपर्ने भएको छ । लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउने प्रावधानसहितको विधेयक प्रतिनिधिसभाबाट आज पारित भएको छ । प्रतिनिधिसभाले नेपाल इन्जिनियरिङ्ग परिषद सम्बन्धी संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयक पारित भएकाले अब इन्जिनियरिङ क्षेत्र गुणस्तरिय बन्ने विश्वास सरकारले लिएको छ । विधेयकबारे उठेका प्रश्नको जवाफ दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो ।
इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित गर्दै परिचालन गर्न र योग्यता अनुसार नाम दर्ताको जिम्मेवारी नेपाल इन्जिनियरिङ परिषद्लाई दिइएको छ । परिषद्मा दर्ता नभई कसैले पनि इन्जिनियरको रुपमा काम गर्न नपाउने व्यवस्था समेत गरिएको छ । यसअघि इन्जिनियरिङमा स्नातक तहको अध्ययन पुरा गरेपछि शैक्षिक प्रमाणपत्रका आधारमा परिषद्ले इन्जिनियरको मान्यता दिदै आएको थियो । राष्ट्रिय सभाबाट उत्पत्ति भएको सो विधेयक दर्ता भएको ३० महिनापछि प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कानूनको रुपमा कार्यन्वयनमा जानेछ ।