मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले श्रावण मसान्तसम्म आफ्नो सदस्यता नविकरण गरिसक्न सदस्यहरुलाई अनुरोध गरेको छ । फाउण्डेशनले सुचना जारी गर्दै श्रावण मसान्तसम्म आफ्नो सदस्यता नविकरण गरिसक्न अनुरोध गरेको हो ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले सुचना जारि गर्नुहुँदै श्रावण मसान्तसम्ममा आफ्नो सदस्यता नविकरण गरि सक्न अनुरोध गर्नुभएको छ । उहाँले वाषिर्क सदस्यता नविकरण शुल्क ५०० आजिवन सदस्य शुल्क ५ हजार १ एकसय र नयाँ सदस्यका लागि प्रवेश शुल्क थप एकसय लाग्ने जानकारी दिनुभयो । यस्तै उहाँले तोकिएको सदस्यता शुल्क सिधै बैक खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको समेत जानकारी दिनुभयो । तोकिएको सदस्यता शुल्क फाउण्डेशनको कृषि विकास बैंक मेनरोड हेटौंडाको खाता नम्बर ०५०८५००२८१४४४०१६ मा जम्मा गर्न साथै रकम जम्मा गर्दा आफ्नो नाम र ठेगना अनिवार्य उल्लेख गर्न तथा फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको मोवाईल नम्बर ९८५५०६७७५९, उपाध्यक्ष आशाकाजी श्रेष्ठको मोवाईल नम्बर ९८५५०२४४९५, सचिव बोल बहादुर कार्किको मोवाईल नम्बर ९८५५०७१८४० र कोषाध्यक्ष चन्द्रावती पनेरूकाे माेवाइल नम्बर ९८४५९४३५८२, मा सम्पर्क राख्न समेत उहाँले अनुराेध गर्नुभएकाे छ ।