हेटौंडा । बागमती प्रदेशका खानेपानी डिभिजन कार्यालयहरुमा अनियमितताको चाङ देखिन थालेको छ । धेरै वटा कार्यालयका अनियमितता मध्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा डेढ करोडको पाइपनै गाएब भएको छ ।
यसै कार्यालयबाट ४ करोड ७० लाखको फिटिङ्स सामाग्री कहाँ प्रयोग भयो रेकर्डनै भेटिएको छैन । महालेखा परिक्षकको कार्यालयको गएको बुधबार सार्वजनिक गरेको ले्खा परिक्षण प्रतिवेदनमा यसका बारेमा प्रश्न उठाएको छ । काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको बिभीन्न खानेपानी योजनामा पाइप खरिद गरेकोमा १ करोड ५२ लाख ३१ हजारका रुपैयाँ बराबरको १ लाख ९ हजार ४९१ मिटर पाइप बिभीन्न आयोजनामा प्रयोग भएको भनिए पनि आयोजनामा प्रयोग भएको फेला नपरेको तर, कार्यालयको जिन्सी साखाबाट पाइप खर्च भएको देखिएको छ ।
यस्तो छ महालेखाको प्रतिवेदन