श्रीलङ्कामा ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताउनुभयो । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक सङ्कटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गर्नुभयो ।
“हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौँ । हामीलाई मदत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्याङ्कन गर्छौँ । अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ,” विजेसेकेराले भन्नुभयो ।“हामी रुस सरकारसँग पनि छलफलमा छौँ । सुरुको इन्धनका लागि भएको बैठक रुसमा सम्पन्न भएको छ । हामीले आफ्नो आवश्यकता पूरा गरेका छौँ र त्यसैअनुसार काम गरिरहेका छौँ । श्रीलङ्कामा कस्तो प्रकारको सुविधा हुनेछ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौँ,” उहाँले थप्नुभयो । विजेकाराले आज ‘राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ । नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्नेछ । सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बर अनुसार आवश्यक व्यक्तिलाई ‘क्युआर कोड’ दिइनेछ । दर्ता भएका सवारी साधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अङ्कको आधारमा पालो पाउनेछन् । जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइनेछ । द्वीप राष्ट्र श्रीलङ्का ठूलो आर्थिक सङ्कटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ ।