मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न २२ विधामा पदक वितरण गर्नु भएको हो ।
प्रदेश सरकारले गणतन्त्र दिवशका अवसरमा निर्णय गरे अनुसारको पदक आज वितरण गरिएको हो । प्रदेश सरकारले सुरक्षातर्फ ‘शान्तिमाला’ पदकद्धारा नेपाल प्रहरीका तीनजना, ‘प्रदेश रक्षक’ पदक मार्फत सशस्त्र प्रहरी बलका एकजना, ‘शान्तिदीप’ पदकद्धारा नेपाली सेनाका एकजनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदकद्धारा चारजनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदकद्धारा दुईजनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदकद्धारा दुईजनालाई सम्मान गरेको हो ।
त्यस्तै प्रदेश सरकारले कृषितर्फ ‘कृषि किरण’ पदकद्धारा दुईवटा कृषि फर्मलाई, सहकारीतर्फ ‘सहकारी प्रवद्र्धन’ पदकद्धारा दुईवटा सहकारीलाई, उद्योगतर्फ ‘उद्यमशीलता’ पदकद्धारा तीनजनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदकद्धारा एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदकद्धारा एकजनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदकद्धारा एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदकद्धारा तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदकद्धारा एकजनालाई सम्मान गरेको हो ।
त्यस्तै प्रविधितर्फ ‘नव प्रवर्तन’ पदकद्धारा दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदकद्धारा एकजनालाई, कलातर्फ ‘कलाकिर्ति’ पदकद्धारा तीनजनालाई, संस्कृति तर्फ ‘संस्कृतिदीप’ पदकद्धारा एकजनालाई, साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदकद्धारा एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदकद्धारा एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदकद्धारा दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदकद्धारा छ जनालाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदक प्रदान गर्नु भएको थियो । यसैगरी कार्यक्रममा बिभीन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।