मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । जिससको वार्षिक कार्यक्रम अन्तरगत नगरका बौद्धिक अपाङ्गता भएका, बहिरा र दृष्टि बिहिन विद्यार्थीलाई सम्बन्धीत विद्यालयमै पुगेर छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर शैक्षिक तथा खेल सामग्री वितरण गरेको हो ।

जिल्ला समन्वय समितिले हेटौंडा–५, स्थित बाल ज्योति माविमा दृष्टि बिहीन बिद्यार्थीहरुले प्रयोग गर्ने शैक्षिक सामग्री, हेटौंडा–६, स्थित शान्ति बहिरा तथा सुस्त श्रवण आधारभुत विद्यालयमा बहिरा तथा सुस्त श्रवण शक्ति भएका विद्यार्थीले प्रयोग गर्ने सामग्री र हेटौंडा–७, स्थित नव ज्योति माविमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुले प्रयोग गर्ने शैक्षिक तथा खेल सामग्री वितरण गरेको हो । तीन वटै विद्यालयमा जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेल, नायब शुब्बा उपेन्द्रनाथ पोखरेललगायतले सम्बन्धीत वडाका वडाअध्यक्षहरुको रोहवरमा विद्यालयका विद्यार्थी एवम् प्रधानाध्यापकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

जिल्ला समन्व्य समितिले हेटौंडा–५, स्थित बाल ज्योति माविमा ब्रेल पेपर १९ रीम, सेतो छडी २३ वटा र ट्रयाकसुट २३ सेट वितरण गरेको हो । यस्तै हेटौंडा–६, स्थित शान्ति बहिरा तथा सुस्त श्रवण आधारभुत विद्यालयमाअवाकस ३ थान, शब्दचित्र किताब ५ सेट, वाटर कलर ८ थान, कलर पेन्सिल ३८ प्याकेट, पेन्ट ब्रस ३८ थान, पेन्ट पेपर ९० थान, क्यारिम बोर्ड २ सेट, ब्याडमिन्टन ३ थान, कर्क २४ थान, फुटबल २ थान, क्रिकेट, भलिबल नेट र बल एक÷एक सेट वितरण गरेको हो । यस्तै हेटौंडा–७, स्थित नव ज्योति माविमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि कपी ९६० थान,पेन्सिल २४० थान, कलर पेन्सिल २० प्याकेट, ग्लोब्स एक थान, चार्टबोर्ड २० थान, कैचि २ थान, शब्दचित्र किताब ५ सेट, चार्टपेपर एक सय थान, क्यारिमबोर्ड एक थान, ब्याडमिन्टन २ थान, कर्क २४ थान, लुडो २ थान, स्क्रबल २ थान, स्कुजिबल २० थान, फुटबल, भलिबल र नेट एक÷एक थान तथा ट्रयाकसुट २० सेट वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि घलानले फरक क्षमता भएका विद्यार्थीहरुका लागि सामग्री हस्तान्तरण गरिएको भन्दै आगामी दिनमा थप समन्वय र सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । भने, शैक्षिक सामग्री प्राप्त गरेका विद्यालयका विद्यार्थी र शिक्षकहरुले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री सहयोग गरेको धन्यवाद व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is bitaran-jisasa_51.jpg