मकवानपुर – राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ । मंगलबार बसेको गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठकले उपाध्यक्ष बनस्तम थिङद्धारा प्रस्तुत राक्सिराङ गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को राजस्व तथा व्ययको अनुमानसहितको बजेट र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ सर्वसम्मत पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभाले न्यायिक समितिको सदस्य मनोनयन, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्तावसमेत पारित गरेको प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।
गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३५ करोड ७५ लाख ७५०० र पूँजीगत तर्फ २६ करोड ५९ लाख ७५०० रुपैयाँ गरि कुल ६२ करोड ३४ लाख १५ हजार बराबरको बजेट पास भएको उहाँले बताउनुभयो । यस्तै आम्दानी तर्फ संघीय सरकारबाट ४३ करोड ५५ लाख १७ हजार, प्रदेश सरकारबाट ९ करोड ५७ लाख १७ हजार र आन्तरिक आय ९ करोड २१ लाख ४० हजार हुने अनुमान गरिएको छ ।

बजेटकाे पूर्णपाठ याहाँ क्लिक गर्नुहाेस