मनसुन केही कमजोर भएकाले काठमाण्डौसहित आसपासका क्षेत्रमा बिहानैदेखि चर्को घाम लागेको छ । अन्य पहाडी जिल्लाको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, दिउँसो र बेलुकीपख हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।
मौसमविद्का अनुसार प्रदश–१,गण्डकी र कर्णाली प्रदेशलगायत ठाउँका एक/दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मध्यम वर्षामा पनि पहिरोको जोखिम भने कायमै रहेकाले पहाडी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । अहिले देशभर मनसुनी वायुको प्रभाव सामान्य मात्रै रहेको छ ।