हेटौंडा । मकवानपुरमा केही दिन अगाडि मात्र सुरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले यस जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि आफुहरु सक्षम रहेको बताउनु भएको छ । आज बिहान पत्रकार सम्मेलन गर्दै उहाँले प्रशासक जस्तो भएर नै आफुले यस जिल्लामा सेवा दिने बताउनुभयो । बिशेषगरी लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा प्रहरीको सहयोगबाट न्यूनीकरण गर्ने बताउनुभयो ।
सडकमा गुड्ने गाडिमा तोकिएको मापदण्ड भन्दा माथी गएर ओभरलोड बोक्नेलाई ट्राफिक प्रहरीले कार्बाही गर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, ससस्त्र प्रहरी गढ हेटौंडाका प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुरेन्द्र बहादुर गुरुङ लगायतकाको आतिथ्यता रहेको थियो ।