हेटौंडा – बागमती प्रदेश प्रदेश युवा परिषदको आयोजनामा हेटौंडामा आजबाट नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका बिभीन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागितामा कार्यक्रम सुरु भएको हो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री ढकालले संसदको राम्रो अध्यास गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामीले युवाहरुलाई राजनीति प्रति बितृष्णा भइरहेको समयमा कार्यक्रम प्रभाबकारी रहेको बताउनुभयो ।
कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले संसदीय अभ्यास सिकाउन कार्यक्रम गरिएको बताउनुभयो । आगामी पाँच दिन सम्म कार्यक्रममा सहभागि युवाहरुले संसदका सबै अभ्यास गर्ने प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरेले बताउनुभयो ।









