काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकलेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण, आफ्नो सरकारका राम्रा कामका प्रचार गर्ने लगायतका निर्णय गरेको प्रचार विभागका प्रमुख गुरुङले बताउनुभयो । बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभाग समेत गठन गरेको छ ।