मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हालै सरुवा भएर आउनुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्रदेव पाण्डेलाई स्वागत गरेको छ । जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेललगायत सदस्यहरु र कर्मचारीले आज कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर प्रजिअ पाण्डेलाई स्वागत गर्नुभएको हो ।

No description available.

सो अवसरमा जिसस प्रमुख घलानले जिसस र जिल्ला प्रशासनबिच समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले समन्वय समितिले स्थानीय तहमा आइपर्ने विभिन्न समस्याहरुमा समन्वय, सहकार्य गर्दै स्थानीय तहलाई मजबुत बनाउने काममा प्रशासनको सहयोगको अपेक्षा गरेको बताउनुभयो । सो क्रममा प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालयबाट हरेक क्षेत्रमा सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वागत कार्यक्रममा जिसस सदस्यहरु बिरेन्द्रकुमार लामा, सुमित्रा थिङ, सुनिता दर्नाल, तारा ढुंगानालगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । पाण्डेले शुक्रबार मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यभार सम्हाल्नु भएको हो ।

No description available.