हेटौंडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाँपालिका–९ खराङग स्थित कल्पना घलानको घरबाट बुधबार २ जनालाइ पक्राउ गरेकाे हाे ।
घलानको घरमा राखेको मधेश प्रदेश ०३-०२३ प ३१७२ नम्बरको मोटरसाईकलको सिटमुनी मोटरसाईकल चालक साबिक डांडाखर्क गाबिस वडा नम्बर ६ हालको कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष ५३ को सानुकान्छा योन्जनले लुकाई छिपाई ल्याएको भारतिय रुपैया १ लाख ९८ हजार ९ सय र नेपाली रुपैया ७ लाख १७ हजार गरी जम्मा १० लाख ३५ हजार २४०नगद फेला परेको प्रहरीले जनाएकाे छ । सानुकान्छा योन्जन २०७७ फागुन २३ गतेदेखि लागु औषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम मुद्धाका फरार प्रतिबादी समेत भएको हुँदा उनलाई र घरधनी कल्पना घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयाे । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।