मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार मकवानपुरगढी गाउँपालिकामा रहेको मनकामना मन्दिर क्षेत्रको अवलोकन गर्नभएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न मुख्यमन्त्री पौडेलले मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको धार्मिक तथा पर्यटकिय मध्यको एक मनकामना मन्दिर क्षेत्रलाई पर्यटकिय हिसाबले विकास गर्न सकिने सम्भावनाका बारेमा बुझ्न उक्त क्षेत्रको अवलोकन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावनाका बारेमा गाउँपालिका अध्यक्षसंग जानकारी समेत लिनुभएको थियो । मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रको विकासका लागि प्रदेश सरकारका तर्फबाट १ करोड रुपैयाँ प्रदान गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भ्रमण वर्ष सफल पार्ने सन्र्दभमा प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा पर्यटकिय स्थलहरु पहिचान गर्ने र विकास गर्ने कुरालाई प्राथमिक्ता दिएको छ । भ्रमण टोलीमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईलगायतको सहभागिता रहेको थियो ।