मकवानपुर – हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन कबड्डी, भलिबल र एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षता तथा मेयर मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताकाे उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाका वडाध्यक्ष सुशिल घिमिरे, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख राजन दाहाल, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौला, जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी बज्राचार्य, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल लगायतको आतिथ्यता रहेको थियो ।