हेटाैंडा – अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्दैछन् । कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन् । धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति कार्यक्रम र बजेटसंगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
मकवानपुरका १० वटै स्थानीय तहले पनि आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहहरुले कृषि पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।









