हेटौंडा । हेटाैंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडाको पिप्ले रंगशालामा भएको दोस्रो खेलमा चर्चव्वाईज क्लब काठमाण्डौलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको हो ।
यो संगै अब क्यामरुनले फाइनल प्रवेशको लागि जेठ २८ गते त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि आजै भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब हेटौंडा सेमिफाईनलमा प्रवेश गरेको थियो । हेटौंडाले फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबसंग भोलि जेठ २७ गते प्रतिस्पर्धा गर्नेछ । जेठ ३० गते सम्म हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।