हेटौंडा । राप्रपा नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । हेटौंडामा सम्पन्न बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले उक्त माग गरेको हो ।
भेलाले विभिन्न ६ बुँदे निर्णय पनि गरेको छ। ‘वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरी तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाइ निरन्तरता दिन सरकारसँग यो भेला आग्रह गर्दछ,’ राप्रपा नेपालले आफ्नो निर्णयमा भनेको छ । यसैगरि,भेलाले बागमती प्रदेशको राजधानी हेटौंडालाई यस प्रदेश अन्तर्गतका सबै जिल्लाहरुसँग सोझो र सरल यातायातको माध्यमबाट जोड्न तथा यसक्रममा काठमाडौं उपत्यका सम्म सहज आवागमनको लागि हेटौंडा काठमाडौं जोड्ने सुरुग मार्गलाई उच्च प्राथमिकताका निर्माण गर्न प्रदेश र संघीय सरकार संग माग गरेको छ । राप्रपाको प्रदेश भेलाले हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्त प्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबै जनालाई राप्रपा नेपालको अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
यि हुन् ६ निर्णयहरु: