मकवानपुर – विदेशबाट फर्किएका मकवानपुरे रिटर्नीहरुको समुहद्धारा सञ्चालित माइग्रेनन्ट कृषि मार्टले हेटौंडामा अचार बनाउने तालिम सञ्चालन गरेको छ । कृषकलाई प्रविधि, पुँजी र बजार हामी रिटर्नीलाई रोजगार भन्ने उदेश्यका साथ सोमबारबाट पाँच दिने तालिम सञ्चालन गरिएको हो ।

No description available.

हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका विदेशबाट फर्किएका महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ । पाँच दिनसम्म सञ्चालन हुने तालिम लिएका दिदिबहिनीहरुबाट उत्पादित अचारलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य रहेको कृषि मार्टका प्रशासन प्रमुख राजाराम थापाले जानकारी दिनुभयो । तालिममा चितवनबाट प्रशिक्षक धन गुरुङले सहजिकरण गर्नु भएको छ ।
रिटर्नी माईग्रेन्टका अध्यक्ष सरोज पुडासैनीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा उपाध्यक्ष अंकिशा सुवेदी, माइग्रेनन्ट कृषि मार्टका सञ्चालक विवेक पाण्डे, राजु श्रेष्ठ, गुणराज कार्की, विपिन घिमिरे, बालकृष्ण उप्रेतीलगायतको सहभागिता थियो ।